+
+
Shares

काठमाडौं घुम्न आएका बंगाली भारतीयबाट अपहरित

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते १७:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले काठमाडौंबाट पाँच भारतीय नागरिकलाई अपहरण र फिरौती माग गरेको आरोपमा पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा नयाँ दिल्ली, पञ्जाब र कानपुरका व्यक्तिहरू छन् र उनीहरूले बंगाली नागरिकहरूलाई बन्धक बनाएको खुलेको छ।
  • प्रहरीले अनुसन्धान जारी राख्दै पक्राउ परेकाहरुलाई ६ दिनको म्याद दिएको जानकारी दिएको छ।

१४ जेठ, काठमाडौं । काठमाडौं घुम्न आएका बंगलादेशी नागरिकहरुलाई भारतीय नागरिकले अपहरण गरेको खुलेको छ । अपहरणमा संलग्न भएको आरोपमा प्रहरीले पाँच भारतीय नागरिकलाई काठमाडौंका विभिन्न ठाउँहरुबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत नयाँ दिल्लकिा ३८ वर्षीय शिव सौरभ, पञ्जाबका ३२ वर्षीय दीपक कुमार, पञ्जाबकै ३६ वर्षीय सन्दिप कुमार, पञ्जाबकै ३८ वर्षीय जसप्रित सिंह र कानपुरका ६४ वर्षीय रमेश जाधव छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाको संयुक्त टोलीले पक्राउ गरेको हो ।

नेपाल घुम्न आएका बंगाली नागरिकहरुलाई उनीहरुले सस्तो दरमा घुमाइदिने भन्दै प्रलोभन देखाएर ललितपुरको एक घरमा लगेर बन्धक बनाइ राखेको पाइएको परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

बन्धक बनाएर शारीरिक तथा मानसिक यातना दिई उनीहरुका आफन्तसँग ह्वाट्स एपमार्फत फिरौती मागेको पाइएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुविरुद्ध काठमाडौं जिल्ला अदातलबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?