+
+
Shares

१६ वटा सार्वजनिक संस्थान घाटामा, २८ नाफामा

गत आर्थिक वर्ष २०८०/८१ मा संस्थानको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड पुगेको छ, जुन अघिल्लो आव २०७९/८० को तुलनामा ०.२२ प्रतिशतले कम हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुलुकमा ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा छन्, तीमध्ये २० पूर्णसरकारी र २५ अधिकांश स्वामित्वमा छन्।
  • आर्थिक वर्ष २०८०/८१ मा संस्थानको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.२२ प्रतिशतले कम हो।
  • सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड पुगेको छ, जुन गत वर्षको तुलनामा १२.८८ प्रतिशतले घटेको छ।

१५ जेठ, काठमाडौं । मुलुकमा हाल ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा छन् । तीमध्ये २० वटा पूर्णसरकारी स्वामित्वका छन् भने २५ वटामा अधिकांश स्वामित्व सरकारको छ । गत आर्थिक वर्ष २०८०/८१ मा संस्थानको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड पुगेको छ, जुन अघिल्लो आव २०७९/८० को तुलनामा ०.२२ प्रतिशतले कम हो ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत रहेको छ । सञ्चालनमा रहेका संस्थानमध्ये २८ वटा नाफामा, १६ वटा घाटामा र २ वटा बन्द अवस्थामा रहेका छन् । आव २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड पुगेको छ, जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम हो ।

नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी ३ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । नाफामा रहेका संस्थानहरूको खुद नाफा गत आवको तुलनामा ११.५० प्रतिशतले घटेको छ भने नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?