
News Summary
Generated by OK AI. Editorially reviewed.- डा. शेखर कोइरालाले गलत कार्यलाई गलत भन्न नसक्ने हो भने चुप लागेर घर बस्नुपर्ने बताएका छन् ।
- उनले भने, ‘सही काम गर्न सक्दैनौं भने चुप लागेर घरमा बसौं । तर, गलत काम नगरौं ।’
- बजेटको सन्दर्भमा कुरा गर्दै कोइरालाले इतिहासदेखि बजेटको कार्यान्वयन अत्यन्त कमजोर रहेको बताए ।
१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गलत कार्यलाई गलत भन्न नसक्ने हो भने नेताहरूलाई चुप लागेर घर बस्न उपयुक्त हुने सुझाव दिएका छन् ।
प्रजातान्त्रिक, लोकतान्त्रिक आचरण, मूल्य मान्यतामा आधारित भएर अगाडि बढ्नुपर्ने आफ्नो सोच रहेको उनले बताए ।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा भने, ‘सही काम गर्न सक्दैनौं भने चुप लागेर घरमा बसौं । तर, गलत काम नगरौं । मैले कुनै कसैलाई आक्षेप लगाएर, गाली गरेर भन्न खोजेको होइन ।’
शेखरले नेताहरूलाई घोचिरहेको हुन्छ भन्ने आरोप लाग्ने गरेको सुनाउँदै कसैलाई व्यक्तिगत हिसाबले खोट देखाउने नियत नभएको उनले बताए ।
कोइरालाले पार्टी पदाधिकारीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीप्रति छलफल नहुनुलाई आश्चर्यका रूपमा लिए । उनले भने, ‘एमालेले काठमाडौं १५ गते क्याप्चर गर्नुपर्छ भनेर प्रधानमन्त्रीले निर्देशन दिनुभयो । मैले त त्यो सुन्ने बित्तिकै विरोध गरेँ । के भन्न खोजेको देशको प्रधानमन्त्रीले भनेर । खाली हामी नेपाली कांग्रेस सरकारमा छ भनेर हामीहरूले नबोल्ने हो त ?’
बजेटको सन्दर्भमा कुरा गर्दै कोइरालाले इतिहासदेखि बजेटको कार्यान्वयन अत्यन्त कमजोर रहेको बताए ।
प्रतिक्रिया 4