+
+
Shares

१५ दिनअघि नै नेपाल भित्रियो मनसुन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते १७:०८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जल तथा मौसम विज्ञान महाशाखाले बताए अनुसार नेपालमा मनसुन १६ जेठमा सरदरभन्दा १५ दिन अगावै प्रवेश गरेको हो।
  • पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन कोशी प्रदेशका अधिकांश क्षेत्रमा फैलिएको विभागले जनाएको छ।
  • यस वर्ष मनसुनको अवधि सामान्यभन्दा अगावै सुरु भएकोले वर्षाको मात्रा र प्रभावमा परिवर्तन हुन सक्ने सम्भावना छ।

१६ जेठ, काठमाडौं । नेपालमा सरदरभन्दा १५ दिन अगावै मनसुन भित्रिएको छ ।

जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार गएरातिबाट मनसुन प्रवेश गरेको हो । पूर्वी नेपालबाट मनसुन प्रवेश गरेर कोशी प्रदेशका अधिकांश क्षेत्रमा विस्तार भएको पनि विभागले जानकारी गराएको छ ।

जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन सुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ ।

यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ । यसले बाढी, पहिरो, डुबान र कटानले जनधनको क्षति हुनेगरेको छ ।

यो वर्ष भने सरदरभन्दा १५ दिन अगार्व भित्रिएको विभागले शुक्रबार दिउँसो ३ बजे जारी गरेको बुलेटिनमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?