+
+
Shares

बढी भाडा असुल्ने इन ड्राइभ चालकलाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते ८:११

१९ जेठ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले बढी भाडा असुलेको भन्दै इन ड्राइभ चालकहरुलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

यात्रीहरुको गुनासोको आधारमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट आठ वटा सवारी साधनसहित नियन्त्रणमा लिएर कारबाही गरेर छाडेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरी बहादुर बस्नेतले बताए ।

इन ड्राइभ राइडरहरुले बढी भाडादर लिएको भनेर यात्रीहरुबाट गुनासो आएपछि आइतबार बेलुका ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोली परिचालित भएको थियो । उनीहरुलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरी छाडिएको प्रवक्ता बस्नेतले बताए ।

गण्डकी प्रदेश सरकारले इन ड्राइभ, पठाओ लगायतका राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको छ । त्यसको विरोधमा यातायात व्यवसायीहरु आन्दोलनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?