+
+
Shares

मैले आजसम्म भ्रष्टाचार गरेको छैन : माधव नेपाल

पार्टी कामको सिलसिलामा रौतहटमा रहेका नेपालले पार्टी कार्यालयमा जिल्ला नेताहरूसँगको भेटमा यस्तो बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १४:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको बताए।
  • नेपालले पार्टी कार्यालयमा जिल्ला नेताहरूसँग भेटमा भने, ‘मैले आजसम्म कहिल्यै कुनै भ्रष्टाचार गरेको छैन।’
  • उनले भ्रष्टाचारको मुद्दा दर्ता भएको समाचार आएपछि काठमाडौं जान लागेको बताए ।

२२ जेठ, रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको बताएका छन् ।

पार्टी कामको सिलसिलामा रौतहटमा रहेका नेपालले पार्टी कार्यालयमा जिल्ला नेताहरूसँगको भेटमा यस्तो बताएका हुन् ।

‘मैले आजसम्म कहिल्यै कुनै भ्रष्टाचार गरेको छैन । तर, मविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको समाचारहरू आएका छन् । त्यसैले म अब काठमाडौं जाँदैछु,’ नेपालले भने ।

उनले आफू सधैं सुशासनको पक्षमा अडिग रहेकाले कसैले भ्रष्टाचारी सिद्ध गर्न नसक्ने भन्दै कार्यकर्तालाई निराश नहुन आग्रह गरेको एक जिल्ला नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?