
News Summary
Generated by OK AI. Editorially reviewed.- शम्भु थापाले काठमाडौंस्थित नेकपा एकीकृत समाजवादी पार्टी कार्यालय बाहिर पत्रकारमाथि दुव्र्यवहार गरे।
- उनले नेपाल प्रेसका पत्रकार उमेश कार्कीको क्यामेरामा आक्रमण गरे।
- पार्टी कार्यालयमा कानुनी परामर्शका लागि पुगेका थिए।
२२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी कार्यालय बाहिर आफ्नो फोटो खिचेको भन्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारमाथि दुर्व्यवहार गरेका छन् ।
उनी समाजवादी पार्टी कार्यालयबाट बाहिर निस्किरहेका बेला फोटो खिच्दै गरेका नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्कीको क्यामेरामाथि आक्रमण गरेका थिए ।
फोटो खिचिरहेका बेला शम्भु थापाले सुरूमा के प्रयोजनका लागि फोटो खिचेको भनेर सोधेका थिए । लगत्तै उनले कार्कीको क्यामेरामा आक्रमण गरेका थिए ।
त्यसपछि फोटो पत्रकारहरूले सार्वजनिक ठाउँमा सार्वजनिक व्यक्तिको फोटो खिच्न पाईने तर्क गरेका थिए ।
पत्रकारहरूसँग वादविवादमा उत्रिएका वरिष्ठ अधिवक्ता थापालाई समाजवादीका पोलिटव्यूरो सदस्य सुदेश पराजुलीले त्यहाँबाट गाडिसम्म पुर्याएका थिए ।
थापासँगै वरिष्ठ अधिवक्ता गोविन्द बन्दी पनि थिए । यी दुबै अधिवक्ता नेकपा एकीकृत समाजवादीसँग नजिक छन् ।
पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा दायर भएपछि नेकपा एकीकृत समाजवादीले कानुनविदहरूसँग राय लिएको थियो । थापा र बन्दीसहितका कानुनविदहरू कानुनी परामर्श दिन नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेका थिए ।
प्रतिक्रिया 4