+
+
Shares

चार दिनपछि बढ्यो सेयर बजार, हाइड्रोपावरको आकर्षण कायमै

८ हाइड्रोपावर कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरै बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेप्से परिसूचक २३.१९ अंक बढेर २६५३ मा कायम भयो।
  • बजारमा कारोबार रकम घट्दा पनि हाइड्रोपावर सेक्टर आकर्षक रह्यो।
  • ८ हाइड्रोपावर कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढी बढ्यो।

२६ जेठ, काठमाडौं । लगातार घटेको चार कारोबार दिनपछि सोमबार सेयर बजार बढेको छ ।

अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २३.१९ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६५३ अंकमा कायम भएको छ । बजार खुलेपछि आज दिनभर हरियो अंकमा रह्यो ।

बजार बढ्दा पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब १३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६८ करोडको भयो । १९१ कम्पनीको मूल्य बढ्दा ५६ कम्पनीको घट्यो भने एउटाको स्थिर रह्यो ।

हाइड्रोपावर सेक्टरमा आज पनि लगानीकर्ताको आकर्षण देखिएको छ । अघिल्लो दिन सबैभन्दा धेरै १.२२ प्रतिशत बढेको यो सेक्टर आज २.३५ प्रतिशत बढ्यो ।

त्यस्तै अन्य समूह सबैभन्दा धेरै २.६३ प्रतिशत बढ्यो । बैंकिङ ०.४३, विकास बैंक ०.१७, फाइनान्स ०.५९, लगानी १.१४, उत्पादन तथा प्रशोधन ०.२०, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.४४ प्रतिशत बढे । व्यापार ०.४४, जीवन बीमा ०.०९ र होटल तथा पर्यटन ०.२५ प्रतिशत घटे ।

आज चार जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीमा मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर र विन्ध्यबासिनी हाइड्रोपावर छन् ।

धेरै मूल्य बढेका टप १० कम्पनीमा ८ वटा हाइड्रोपावर कम्पनी मात्रै परे । ८ हाइड्रोपावर कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरै बढ्यो ।  बुटवल पावरको ९.८३, मायाखोला हाइड्रोपावरको ९.७४, रावा इनर्जीको ९.१८ र घलेम्दी हाइड्रोको ९.०१ प्रतिशत मूल्य बढ्यो ।

भूगोल इनर्जीको ७.४७, मिथिला लघुवित्तको ५.२३, सप्तकोशी विकास बैंकको ५.११ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, युनिभर्सल पावर, बुटवल पावर, एनआरएन इन्फ्रास्ट्रक्चर र सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?