+
+
Shares

त्रिविमा तोडफोड गरेको आरोपमा पक्राउ परेकाविरुद्ध अभद्र मुद्दा, ५ दिन म्याद थप

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते १६:०३
फाइल फोटो

२८ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा पक्राउ परेकाहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइने भएको छ ।

जसअनुसार पक्राउ परेकाहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले पक्राउ परेकाहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट अभद्र व्यवहारको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको बताए ।

तोडफोड घटनामा अहिलेसम्म दीक्पाल कार्की र लोकेश कुँवर गरी दुई जना पक्राउ परेका छन् । उनीहरु नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आबद्ध छन् । उनीहरुसहित नेविसंघको एउटा समूहले १४ जेठमा उपकुलपति खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेको थियो भने रेक्टरको कार्यालयमा तालबन्दी गरेको थियो ।

स्नातक पहिलो वर्षको भर्ना खुलाउन माग गर्दै काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघबाट निर्वाचित भएका स्ववियुका विद्यार्थी नेता उपकुलपति कार्यालय गएका थिए । उपकुलपति केसी कार्यकक्षमा नभएको समयमा तोडफोड भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?