+
+
Shares

न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १३:४५

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस गरेका छन् ।

नेपालको संविधानमा न्यायपरिषदमा प्रधानमन्त्रीको सिफारिसमा एक कानुनविद् सदस्य नियुक्त हुने व्यवस्था छ ।

न्यायपरिषद् सदस्य रामप्रसाद भण्डारी १० असारमा चार वर्षे पदावधि सकिएर अवकाश हुँदैछन् ।

रिक्त हुने ठाँउमा प्रधानमन्त्रीले नेपालको नाम सिफारिस गरेका हुन् ।

अब संसदीय सुनुवाइपछि राष्ट्रपतिले नेपाललाई न्यायपरिषद् सदस्यमा नियुक्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?