
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको सबैभन्दा ठूलो पेन्ट कम्पनी एसियन पेन्ट्स नेपालले ‘कलर नेक्स्ट २०२५’ कार्यक्रम आयोजना गरी ‘कार्डिनल’ रङ घोषणा गर्यो।
- कार्यक्रममा विश्वव्यापी रङ र फिनिसिङ प्रवृत्तिहरूको अध्ययन र नयाँ डिजाइन दिशाहरू प्रस्तुत गरियो।
- एसियन पेन्ट्सले सामाजिक–सांस्कृतिक प्रवृत्तिहरूको अध्ययन र अनुसन्धानमार्फत डिजाइन र डेकोर उद्योगलाई दिशा दिने प्रतिबद्धता व्यक्त गर्यो।
३० जेठ, काठमाडौं । नेपालको सबैभन्दा ठूलो पेन्ट कम्पनी ‘एसियन पेन्ट्स नेपाल’ ले आफ्नो वार्षिक कार्यक्रम ‘कलर नेक्स्ट २०२५’ कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौं ताहाचलस्थित सोल्टी होटलमा शुक्रबार कार्यक्रम गरी २०२५ को ‘रङ’ का रूपमा ‘कार्डिनल’ रङको घोषणा गर्यो । जसले नेपालमा डिजाइन, नवीनता र रचनात्मक संवादमा एसियन पेन्ट्सको प्रतिबद्धता झल्काउने बताइएको छ ।
कलर नेक्स्ट २०२५ कार्यक्रममा नामी आर्किटेक्ट, इन्टेरियर डिजाइनर, कलाकार, इन्फ्लुएन्सर, रचनात्मक तथा मिडिया क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो ।
विश्वव्यापी रूपमा रङ र फिनिसिङमा अग्रणी सोच निर्माण गर्ने एसियन पेन्ट्सले सन् २००३ देखि ‘ट्रेन्ड फोरकास्ट’ क्षेत्रमा काम गर्दै आएको छ ।
कलर नेक्स्ट एसियन पेन्ट्सले हरेक वर्ष गर्दै आएको व्यापक अभ्यास हो, जसमा मानव व्यवहारमा प्रभाव पार्ने विश्वव्यापी सामाजिक–सांस्कृतिक प्रविधिहरूको अध्ययन गरिन्छ र त्यसलाई कलर, मेटरियल, फिनिसेस र टेक्स्चरको नयाँ डिजाइन दिशामा रूपान्तरण गरिन्छ ।
यस प्रक्रियामा उद्योगसँगको अन्तर्क्रिया, सांस्कृतिक विज्ञहरूसँग कार्यशाला र व्यापक द्वितीयक अनुसन्धान समावेश हुन्छ, जसले डिजाइन र डेकोर उद्योगका लागि महत्त्वपूर्ण अन्तरदृष्टि प्रदान गर्ने कमपनीले जनाएको छ ।
कार्यक्रममा एसियन पेन्ट्सका क्षेत्रीय प्रमुख (ग्लोबल) बुद्धादित्य मुखर्जीले नेपालमा डेकोर उद्योगमा डिजाइन, नवप्रवर्तन र रचनात्मक संवादलाई नेतृत्व दिने कम्पनीको प्रतिबद्धता दोहोर्याए ।
कार्यक्रमको अर्को विशेष आकर्षणमा ट्रेन्ड फोरकास्ट प्रस्तुति थियो, जुन एसियन पेन्ट्सकी प्रिन्सिपल स्पेसलिस्ट (कलर) मरिशा रेगो डिसुजाले प्रस्तुत गरिन् । उनले २०२५ का लागि तीन प्रमुख डिजाइन प्रवृत्ति सार्वजनिक गरिन् । जसमा साल्ट, फिल मोर र ब्याड टेस्ट थिए ।
उनका अनुसार यी सबै ट्रेन्डले बदलिँदो जीवनशैली र त्यसले ल्याउने भावनात्मक तथा स्थानगत आवश्यकताको सुक्ष्म व्याख्या गर्छन् ।
कार्डिनल कलर अफ द इयरले यी सबै ट्रेन्डलाई समेट्दै भावनात्मक रूपमा समृद्ध, अनुभवमुलक र सोच उत्पन्न गर्ने स्थान निर्माण गर्ने सन्देश दिने कम्पनीको भनाइ छ ।
कलर नेक्स्ट २०२५ मार्फत एसियन पेन्ट्स नेपालले फेरि एकपटक सिर्जनात्मक अभिव्यक्तिको उत्प्रेरक, डिजाइन संवादमा अगुवा र सजावट र घरको सौन्दर्यका लागि समग्र समाधान प्रदान गर्ने ब्रान्डका रूपमा आफ्नो स्थान मजबुत पारेको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4