+

साफ महिला क्लब च्याम्पियनसिप : एपीएफ फाइनल पुगे एसियन पेन्ट्सले एक लाख दिने

२०८२ मंसिर  २५ गते १७:०९ २०८२ मंसिर २५ गते १७:०९
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफ फाइनल पुगे एसियन पेन्ट्सले एक लाख दिने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियन पेन्ट्स नेपालले साफ विमेन्स क्लब च्याम्पियनसिप २०२५ मा नेपाली लिग च्याम्पियन एपीएफलाई फाइनल पुगे नगद १ लाख दिने घोषणा गरेको छ।
  • एपीएफले फाइनलमा प्रवेश गरेमा अतिरिक्त १ लाख र प्रत्येक जितमा २५ हजार नगद प्रोत्साहन पाउने एसियन पेन्ट्सले जनाएको छ।
  • प्रतियोगिता मंसिर १९ देखि पुस ५ सम्म दशरथ रंगशालामा सञ्चालन हुनेछ र नेपालसहित भारत, बंगलादेश, भूटान र पाकिस्तानका महिला लिग च्याम्पियन टोली सहभागी छन्।

काठमाडौं । एसियन पेन्ट्स नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन भइरहेको साफ विमेन्स क्लब च्याम्पियनसिप २०२५ मा सहभागी नेपाली लिग च्याम्पियन एपीएफ फाइनल पुगे नगद १ लाख प्रदान गर्ने भएको छ ।

महिला फुटबल टोलीको मनोबल वृद्धि तथा खेलकुदको उत्थानमा योगदान पुर्‍याउने उद्देश्यले एपीएफ टोलीले फाइनल चरणमा प्रवेश गर्न सफल भएमा अतिरिक्त १ लाख रकम प्रोत्साहन स्वरूप प्रदान गर्ने एसियन पेन्ट्सले जनाएको छ ।

यस्तै प्रतियोगितामा खेलेका हरेक जितेमा एपीएफलाई थप २५ हजार नगद प्रदान गरिने समेत एसियन पेन्ट्सले जनाएको छ ।

मंसिर १९ गतेदेखि पुस ५ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भूटान र पाकिस्तानका महिला लिग च्याम्पियन टोलीहरु सहभागी छन् । सिंगल राउण्ड रोविनका १० र फाइनल गरी च्याम्पियनसिपमा ११ खेल हुनेछ । प्रत्येक टोलीले लिग चरणमा ४ खेल खेल्नेछन् ।

एसियन पेन्ट्सले प्रदान गरेको प्रोत्साहनले खेलाडीहरूको आत्मविश्वास अभिवृद्धि गर्न, सकारात्मक प्रतिस्पर्धा वातावरण सिर्जना गर्न तथा नेपालमा महिला फुटबलको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

एसियन पेन्ट्स महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय