+
सिद्धार्थ बैंक ओके एनपीएल बज :

एनपीएल क्वालिफायर-२ प्रिभ्यु : विराटनगरको टप अर्डर बलियो, शेर मल्ल लुम्बिनीका एक्स फ्याक्टर

२०८२ मंसिर  २५ गते १४:५३ २०८२ मंसिर २५ गते १४:५३

विराटनगर किंग्स र लुम्बीनीबीचको दोस्रो क्वालिफायरबारे राष्ट्रिय टिमबाट खेलिसकेका लेग स्पीनर मौसम ढकालसँग गरिएको कुराकानी

एनपीएल क्वालिफायर-२ प्रिभ्यु : विराटनगरको टप अर्डर बलियो, शेर मल्ल लुम्बिनीका एक्स फ्याक्टर

२५ मंसिरकाठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा आज दोस्रो क्वालिफायर खेल हुँदैछ ।पहिलोपटक फाइनल पुग्ने होडमा रहेका विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा हुँदैछ ।

दुवै टोलीका लागि यो नकआउट म्याच हुनेछ । यस खेलको विजेता फाईनल पुग्नेछ र उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिमिँग नै पराजित भएको थियो र अर्को अवसर पाएको हो । लिगमा चाैथो भएको लुम्बिनीले एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई हराएर क्वालिफायर २ मा खेल्न लागेको हो ।

खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ४ बजे सुरु हुनेछ ।

नेपाली राष्ट्रिय टोलीका लागि खेलिसकेका स्पीनर माैसम ढकालले सिद्धार्थ बैंक ओके एनपीएल बजमा कुरा गर्दै टीयूको कन्डिसनमा सेट ब्याटरलाई पनि ब्याटिङ गर्न सहज नभएकोले १८० रन बनाउने भन्दा १४०- १५० को सोचेर जानुपर्ने बताए । यो टार्गेटमा पहिले ब्याटिङ गर्ने टिम गए राम्रो हुने उनले बताए ।

विराटनगरको टप अर्डर बलियो भएकोले त्यो महत्वपूर्ण हुने बताए । ‘विराटनगर टप अर्डर हेभी छ विदेशी खेलाडीमा निर्भर छ । मिडल अर्डर कन्सिस्टेन्सी छैन । टप अर्डरले स्कोर गर्नुभयो भने मिडल अर्डरमा सहज छ । विराटनगरको टप अर्डर महत्वपूर्ण छ’, उनले भने ।

विराटनगरले टस जित्यो भने ब्याटिङ नै गर्दा राम्रो बेटर हुन सक्ने ढकालले बताए । लुम्बिनीको लागि पनि टप अर्डर र शार्सी सर्टको रोल महत्वपूर्ण हुने बताए ।

‘लुम्बिनी लायन्समा टप अर्डरमा डार्शी सटको रोल महत्वपूर्ण हुन्छ । उहाँ जस्तो प्लेअर हुँदा बलर लाई पनि गाह्रो हुन्छ । डिकवेला आएपछि लुम्बिनीको मिडल अर्डराम्रो भाछ । लुम्बिनीको ओपनिङमा समस्या छ । दोस्रो इनिङ्समा प्रेसरमा पार्न सक्छ । विराटनगरमा सन्दीपसहित अनुभवी बलरहरु पनि छ’, उनले भने ।

उनले थपे, ‘विराटनगरमा ओपनरहरु राम्रो छन् । मिडल अर्डरमा लोकेशबमले हिटिङ गर्न सक्छ । अर्को एन्डमा बसिर हुँदा लोकेशले हिट गर्न पनि सक्छ ।’

लुम्बिनीले टस जितेर बलिङ गरेर कम स्कोर रोकेर चेज गर्न सहज हुने ढकालले बताए । ‘बलिङ लाइनअप पनि बलियो छ र विकेटले पनि सपोर्ट गरिराछ । शेर मल्ल एक्स फ्याक्टर बनिराछ । जतिबेला बल दिन्छ नयाँ पुरानो बलमा शेरले राम्रो गरिराछ । तिलक भण्डारीले पनि राम्रो गरिराछ । बलिङ पार्टनरसिप राम्रो देखिराछ । रोहित दाइले पनि विकेट लिइरहनुभाछ । लुम्बिनी अघि आउने हो भने विराटनगरको विकेट चाँडै लिनुपर्छ’, उनले भने ।

‘शेर मल्लाई अट्याक गरेर विकेट दिँदैन भने राम्रो हुन्छ । त्यो अट्याक गर्ने रिस्क लिनुपर्छ । एउटा एण्डबाट शेर आउँछ भने अर्को एण्डबाट रुबेन ट्रम्पनम्यानले पनि साथ दिनुपर्छ’, उनले भने ‘सन्दीप दाइ विराटनगरको मुख्य बलर हो । उहाँलाई विकेट दिएन भने टिमको मुख्य बलरलाई अट्याक गर्नुभयो भने बलिङ टिमलाई प्रेसर पर्छ ।’

आजको खेल ब्यालेन्स हुने र ५०-५० प्रेडिक्सन रहेको बताए । फाइनल पुग्नका लागि दुव‌ै टिमलाई प्रेसर भएकोले खेल रमाइलो हुने ढकालले बताए ।

लिग चरणमा लुम्बिनीले विराटनगरलाई पराजित गरेको थियो । विराटनगरले त्यसको बदला लेला वा लुम्बिनी लय राख्दै फाइनल पुग्ला ?

क्वालिफायर-२ को खेलको विषय गरिएको कुराकानी भिडियोमा :

एनपीएल नेपाली क्रिकेट लुम्बिनी लायन्स विराटनगर किंग्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय