
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रा विनिमय दर निर्धारण गरेको छ।
- अमेरिकी डलर र युरोको मूल्य स्थिर रहेको छ।
१ असार, काठमाडौं। नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि अन्तर्राष्ट्रिय मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज अमेरिकी डलर र युरोको मूल्य स्थिर रहेको छ । अमेरिकी एक डलरको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।
अमेरिकी डलर र युरोको भाउ शनिबार पनि यति नै थियो ।
युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।
बैंकले भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
प्रतिक्रिया 4