+
+
Shares

पुरानो पुस्तालाई नोस्टाल्जिक बनाउने सुगमको ‘नवमी’, क्यासेटमा डिजिटल गीत

९ गीत समेटेर ल्याए ‘नवमी’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते १७:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुगम पोखरेलले नयाँ एल्बम ‘नवमी’ ल्याएका छन्, जसमा ९ गीत छन् र भिडियोमार्फत सार्वजनिक गरिएका छन्।
  • उनीले एल्बम घोषणा महानवमीमा गरे र गीतहरू विभिन्न डिजिटल प्लेटफर्ममा उपलब्ध छन्।
  • सुगमले परम्परागत एल्बमको स्थानमा नयाँ शैली र क्यासेट प्रयोग गरी दर्शकलाई नोस्टाल्जिक बनाउने प्रयास गरेका छन्।

काठमाडौं । पछिल्लो समय संगीतप्रेमी ‘एकल ट्रयाक’मा अभ्यस्त छन् । कलाकारले पनि युगल गीत ल्याउन थालेका छन् । एल्बम ल्याउने ट्रेन्ड लोपोन्मुख देखिन्छ ।

तर, सुगम पोखरेल अपवाद बने । एकल गीत ल्याउने ट्रेन्डलाई चुनौती दिँदै उनले ‘नवमी’ एल्बम ल्याएका छन् । यो संग्रहमा ९ गीत छन् । सबै गीतलाई उनी दुई दुई महिनाको अन्तरमा म्युजिक भिडियोको रुपमा युट्युबमा ल्याइरहेका छन् ।

तर, तपाईं स्पोटीफाई, जियो साभन, आइट्युन्स, अमेजनलाई पछ्याउनुहुन्छ भने त्यहाँ सुगमको नयाँ एल्बमका सबै गीत छन् । उनको नयाँ एल्बम ‘नवमी’को नाम पनि रोचक संयोग छ ।

उनले गत महानवमीमा एल्बम घोषणा गरे । रामनवमीमा एक गीत ल्याए । यसैसाता आएको नयाँ गीत ‘यो कथा हो मेरो’ उक्त एल्बममा संग्रहित तेस्रो गीत हो, जुन भिडियो स्वरुपमा आएको छ ।

बाँकी विस्तारै केही महिनाको अन्तरमा ल्याउने उनको योजना छ । उनका एल्बममा फापेन माया, ल्होसार, नीलो गहिरो, सबैको हुन खोजेर, सिन्जा, रुमानी रंग, यो कथा हो मेरो, जयश्री राम, फेरि भेट होला नहोला गीत छन् ।

एकल गीतको जमानामा किन एल्बम ल्याउनुभयो ? जवाफमा सुगमले भने, ‘एल्बम निकालेर मुर्ख काम चाहिँ गर्‍या हो ।’ उनले कलाकार बजारको पछि लागेर एल्बम आउन छाडेको उनको भनाइ छ ।

‘अहिले एक एक गीतमा गए मान्छे । पहिलेजस्तो गीतमा विविधता पनि आएन’ सुगम भने, ‘आफ्नो गीत सुन्दा आफूलाई मजा होस् न ।’

सुगमले नयाँ शैलीमा एल्बम ल्याएका छन् । पेनड्राइभ जोडिएको क्यासेटमा उनले गीत संग्रह गरेका छन् । बाहिरबाट हेर्दा क्यासेट र भित्र पेनड्राइभ रहेकाले दर्शकले ल्यापटप, डेस्कपदेखि गाडीमा पनि जोडेर गीत सुन्न सक्छन् ।

क्यासेटको जमानाबाट युट्युब र स्पोटीफाईमा आएका सुगमले यो शैलीमार्फत दर्शकलाई पूर्वस्मृतिमा फर्काउन खोजेका छन् । पेनड्राइभ जोडिएको क्यासेटमार्फत सुगमले दर्शकलाई नोस्टाल्जिक तुल्याउन खोजेका छन् ।

‘वानएमबी’बाट सन् २००१ मा रिलिज भएको ‘शून्य’ एल्बमबाट सुगमले निकै चर्चा बटुले । फेरि त्यो दिन, कति दिन बितेले उनलाई पप स्टारको रुपमा प्रसिद्धी दिलाए ।

त्यसपछि हाइवे, सूत्र, यात्रा, स्कुल पाठशाला उनका एल्बम हुन् । तपाईं सुगमलाई पछ्याउनुहुन्छ भने ‘नवमी’ स्पोटीफाई लगायतका अन्य डिजिटल प्लाटफर्ममा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?