+
+
Shares

फेसबुकमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ

पक्राउ पर्नेमा भारतको बिहार घर भएका २० वर्षीय अम्मरनाथ कुमार छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामाजिक सञ्जाल फेसबुकमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
  • पक्राउ परेका अम्मरनाथ कुमारलाई साइबर अपराधको मुद्दामा अनुसन्धान भइरहेको छ।
  • उनले महिलाको गोप्य भिडियो बनाएको र फेक आईडीबाट पठाएको आरोप छ।

८ असार, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत महिलाको चरित्र हत्या गरको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार घर भएका २० वर्षीय अम्मरनाथ कुमार छन् । उनलाई धादिङको धुनीवेशी नगरपालिका–८ खानीखोलाबाट पक्राउ गरिएको साइबर ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताए ।

पक्राउ परेका उनीविरुद्ध साइबर अपराध कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

उनले एक महिलालाई फेसबुकमा साथी बनाएको र थाहै नदिई ती महिलाको गोप्य भिडिओ बनाएको आरोप छ ।

भिडिओ कलमा अर्धनग्न भएर कुराकानी गर्न लगाउने र त्यसको स्क्रिन रेकर्ड गरेर फेक आईडीबाट महिलाको आफन्तलाई पठाउने गरेको पाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?