
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले ललितपुरको हाडेगाउँबाट जुवातास खेलेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
- उनीहरूलाई नगद र ताससहित पक्राउ गरिएको हो।
- पक्राउ परेकाहरूको नाम र थप विवरण खुलाइएको छैन।
११ असार, काठमाडौं । जुवातास खेलेको आरोपमा ललितपुरबाट चार जना पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका–१४ बाडेगाउँबाट प्रहरीले मंगलबार दिउँसो चार जनालाई पक्राउ गरेको हो ।
बाडेगाउँ बस्ने ४६ वर्षीय मदन लामाको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मदन समेत चार जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार ५ सय ५० रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4