+
+
Shares

अधिवक्ता केसीलाई २५ हजार धरौटीमा छाड्न आदेश

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १८:०१

११ असार, काठमाडौं । अधिवक्ता एवं राप्रपा नेता सुजित केसी २५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन, २०६३ विरुद्ध अनुसन्धान गरेर सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाएको थियो ।

त्यसको आधारमा जिल्ला अदालत काठमाडौंमा दायर मुद्दामा न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले उनलाई २५ हजार रुपैयाँ धरौटी माग्ने आदेश गरेको थियो ।

धरौटी वापतको रकम जम्मा गरेर केसी छुटेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले अनलाइनखबरलाई बताए ।

सामाजिक सञ्जाल फेसबुकमा हिल्टन होटलसँग सम्बिन्धत विषयमा लेखेको विषयलाई लिएर ब्यूरोले उनीलाई साइबर अपराधको मुद्दामा अनुसन्धान गर्न भन्दै पक्राउ गरेको थियो ।

तर, त्यसविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट पर्‍यो । अनि, अदालतले छाड्न आदेश दिएपछि उनी छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?