+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पशुपति क्षेत्रमा बेतिथी, भ्रष्टाचार र लुट भइरहेको भन्दै गृहमन्त्रीसँग जवाफ माग

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १५:०१

१५ असार, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले पशुपतिमा सशस्त्र प्रहरीको दुरूपयोग भएको भन्दै सरकारको ध्यानाकषण गरेका छन् ।

आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले पशुपतिमा पर्यटकहरूाई दर्शन गराउन सहजताको लागि भनेर खटाइएका सशस्त्र प्रहरीबाट गलत कार्य भएको भनेर सूचना आएको बताएका हुन् ।

‘सशस्त्र प्रहरीको बेस क्याम्प त्यहाँ सुरक्षाको लागि हो । पर्यटकहरूको सुरक्षाको लागि राखिएको बेस क्याम्प, अतिथिहरूको सुरक्षा र सम्मानमा लाग्नुको सट्टा अतिथिहरूनै अपमानित गर्ने र असुली गर्ने काम देशकै लज्जास्पद काम हो’ उनले भने ।

यस्तो कार्य संस्थाको मानमर्दन सँग समेत जोडिएको उनले बताए । तर, यसमा आइजिपी लेभलको संलग्नता छ भन्ने विभिन्न ढंगले सुनेको बताए ।

यस्तो कार्यमा लागेकाहरूको वर्षाैंसम्म सरुवा नहुने र अरु केही समय पनि नटिक्ने जस्तो स्थिति रहेको उनको आरोप छ । यसबारेमा पनि गृहमन्त्रीले जवाफ दिनुपर्ने उनको माग छ ।

‘पशुपति क्षेत्रमा भइरहेको बेतिथी, भ्रष्टाचार र लुटको बारेमा गृहमन्त्रीजुसँग जवाफ चाहन्छु,’ साहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?