+
+
Shares

पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु उपयुक्त होइन : कांग्रेस नेता महत

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १७:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रपति भइसकेका व्यक्तिहरूलाई पुनः राजनीतिमा सक्रिय हुन नहुने सुझाव दिए।
  • उनले राष्ट्रपति भइसकेको व्यक्तिले पार्टीभन्दा माथि हुने भएकाले यस्तो कदम उपयुक्त नहुने बताए।
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि महतले यस्तो प्रतिक्रिया दिएका हुन्।

१५ असार,  काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रपति भइसकेका व्याक्ति पुनः राजनीतिमा सक्रिय हुने कुरा उपयुक्त नभएको बताएका छन् ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा शनिबार गरेकी थिइन् ।

डा. महतले कांग्रेसले राष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय राजनीतिमा नल्याउने बताए ।

कांग्रेस पार्टीका प्रवक्ता समेत रहेका डा. महतले राष्ट्रपति भइसकेको व्यक्ति पार्टीभन्दा माथि हुने भएकोले पुनः राजनीतिमा सक्रिय हुनेकुरा राम्रो नहुने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?