+
+
Shares

स्पेन भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको टोली गत १४ असारमा त्यसतर्फ प्रस्थान गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १७:१५
स्पेन भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्टमा प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : चन्द्रबहादुर आले

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर फर्किएका छन्।
  • स्पेनको सेभिया शहरमा आयोजित ‘विकासको लागि वित्त’ सम्मेलनमा सहभागी भएर उनीसहितको टोली आज फर्किएको हो।
  • भ्रमण टोलीमा २१ जना सहभागी थिए।

२० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको टोली गत १४ असारमा त्यसतर्फ प्रस्थान गरेको थियो ।

स्पेनको सेभिया शहरमा आयोजना भएको उक्त अन्तर्राष्ट्रिय सम्मेलनसहित अन्य भेटघाट सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका हुन् ।

उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली स्पेनबाट दोहा हुँदै कतार एयरवेजमा काठमाडौं फर्किएका हुन् । भ्रमण टोलीमा २१ जना सहभागी थिए ।

तस्वीरहरू :  चन्द्रबहादुर आले/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?