+
+
Shares

कविता नेपाली ‘हिमालय रोडिज’ सातौं सिजनको ‘ग्याङ लिडर’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते ११:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कविता नेपालीले २०८२ सालमा सगरमाथा र ल्होत्से आरोहण गरेकी छन्।
  • उनीले कान्स मार्केटमा आफ्नो डेब्यु फिल्म ‘एक्लो’ प्रस्तुत गरिन्।
  • उनले ‘हिमालय रोडिज’को सातौं सिजनमा ‘ग्याङ लिडर’को रुपमा नियुक्त भएकी छन्।

काठमाडौं । कविता नेपालीलाई वर्ष २०८२ साल फापेजस्तो देखिन्छ । यसवर्ष उनले ८ हजार मिटरभन्दा दुई अग्ला हिमाल सगरमाथा र ल्होत्से आरोहण गरिन् । यसैवर्ष, उनको डेब्यु फिल्म कथानक ‘एक्लो’ विश्वप्रसिद्ध कान्स मार्केटमा प्रस्तुत भयो ।

यी डान्सर, सोसल मिडिया कन्टेन्ट क्रिएटर तथा पर्वतारोहीको प्रगतिको गति यत्तिमै रोकिएको छैन । उनी पछिल्लो समय निकै रुचाइएको नेपाली एड्भेन्चर रियालिटी शो ‘हिमालय रोडिज’को सातौं सिजनको ‘ग्याङ लिडर’ अर्थात निर्णायकको रुपमा अनुबन्धित भएकी छन् ।

हिमालय रोडिजले शनिबार काठमाडौंमा अडिसन आयोजना गर्नुको ठीक एकदिनअघि कवितालाई ‘ग्याङ लिडर’को रुपमा घोषणा गरेको हो । उनले यसअघिको सिजनमा रहेकी अभिनेत्री दीया मास्केलाई रिप्लेस गरेकी छन् ।

रोडिजको नेपाली संस्करणको नयाँ सिजनमा कवितासहित आशिष राना, प्रियंका कार्की, अनुपविक्रम शाही र रेमनदास श्रेष्ठ निर्णायकको रुपमा छन् । रेमन होस्ट समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?