+
+
Shares

प्रेस युनियनको सल्लाहकारमा तीनजना पत्रकार मनोनित

मनोनित हुने पत्रकारहरूमा तेजप्रकाश पण्डित (तनहुँ), विपुल पोखरेल (दाङ) र रिता गुरुङ (काठमाडौँ) रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते १५:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रेस युनियनले तीन पत्रकार सल्लाहकार मनोनित गर्यो।
  • ती पत्रकारहरूमा तेजप्रकाश पण्डित, विपुल पोखरेल र रिता गुरुङ छन्।
  • सल्लाहकारहरूले संगठनको लक्ष्य र गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने अपेक्षा छ।

२३ असार, काठमाडौँ। लोकतन्त्रवादी पत्रकारहरूको छाता संगठन नेपाल प्रेस युनियनले तीनजना पत्रकार सल्लाहकारमा मनोनित गरेको छ ।

युनियनले संस्थाको विधान २०४८ (छैटौँ संशोधन ०७९) को परिच्छेद ४, धारा २३ बमोजिम तीन पत्रकारलाई सल्लाहकार पदमा मनोनयन गरेको अध्यक्ष शिव लम्सालले जानकारी दिए ।

उनका अनुसार मनोनित हुने पत्रकारहरूमा तेजप्रकाश पण्डित (तनहुँ), विपुल पोखरेल (दाङ) र रिता गुरुङ (काठमाडौँ) रहेका छन् ।

युनियनले यी सल्लाहकारहरूबाट आफ्ना लक्ष्य र उद्देश्य परिपूर्तिका लागि महत्त्वपूर्ण मार्गदर्शन, सहयोग र योगदानको अपेक्षा गरेको जनाएको छ।

उनीहरूको लामो पत्रकारिता अनुभव र विज्ञताले नेपाल प्रेस युनियनको गतिविधिलाई थप प्रभावकारी र सशक्त बनाउने विश्वास युनियनले लिएको छ ।

नेपाल प्रेस युनियनले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र पत्रकारिताको उत्थानका लागि निरन्तर काम गर्दै आएको छ।

मनोनित सल्लाहकारहरूको अनुभवले संस्थाको यो अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?