+
+
Shares

डब्लूटीओ प्रतिनिधि र उद्योगमन्त्री भण्डारीबीच भेट

भेटमा नेपालको हालको व्यापार नीतिको निरन्तर सुधार, निर्यात प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण तथा डब्लूटीओसँगको सहकार्यका विषयमा छलफल भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १६:३२

२४ असार, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र विश्व व्यापार संगठन (डब्लूटीओ) का प्रतिनिधि मासिहिरो हायाफुजीबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा नेपालको तेस्रो व्यापार नीति समीक्षा सम्बन्धी छलफल भएको छ ।

उक्त भेटमा नेपालको हालको व्यापार नीतिको निरन्तर सुधार, निर्यात प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण तथा डब्लूटीओसँगको सहकार्यका विषयमा छलफल भएको छ ।

विशेषगरी नेपालको व्यापारको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी उपस्थिति जनाउने उपायबारे छलफल भएको हो ।

भेटघाटमा नेपालको व्यापार नीति अझ प्रभावकारी बनाउने, विदेशी लगानी आकर्षित गर्ने, युवा उद्यमशीलता प्रवद्र्धन गर्ने तथा वस्तु र सेवालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सघाउने अपेक्षा गरिएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?