+
+
Shares

राजेश हमालका डेब्यु निर्माताको चिन्ता : चर्को पारिश्रमिकले फिल्म बनाउन सक्दिन कि ?

निर्माता तथा वितरक ओझा पछिल्लो समय फिल्म निर्माणको कुरालाई लिएर असमञ्जसमा छन् । कलाकारको चर्को पारिश्रमिकको कारण ओझाले फिल्म निर्माण आँट्न सकिरहेका छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • छवि ओझाले करिअरमा धेरै हिट फिल्म निर्माण गरे, तर पछिल्लो समय वितरणमा सक्रिय छन्।
  • उहाँले कलाकारको चर्को पारिश्रमिक र पैसा नपाउने समस्याले फिल्म निर्माण कठिन भएको बताए।
  • उहाँले नेपाल बजारमा कलाकारले सेयरमा काम गर्नुपर्ने र निर्माताले पैसा सुनिश्चित गर्न आवश्यक रहेको बताए।

काठमाडौं । पाका निर्माता छवि ओझाले करिअरमा धेरै हिट फिल्म दिए । उनको पहिलो फिल्म ‘युगदेखि युगसम्म’बाट राजेश हमालले डेब्यु गरे ।

करिअरमा २० भन्दा धेरै फिल्म निर्माण गरेका उनका फिल्मबाट हमालसहित रेखा थापा, आर्यन सिग्देलजस्ता स्टार जन्मिए । घरेलु फिल्मका यी अग्ला नाम पछिल्लो समय निर्माणमा होइन, वितरणमा सक्रिय छन् ।

उनले पछिल्लोपटक निर्माण गरेको फिल्म ‘मंगलम’ सन् २०१८ मा रिलिज भयो । त्यसयता उनको ब्यस्तता वितरणमै छ ।

तर, निर्माता तथा वितरक ओझा पछिल्लो समय फिल्म निर्माणको कुरालाई लिएर असमञ्जसमा छन् । कलाकारको चर्को पारिश्रमिकको कारण ओझाले फिल्म निर्माण आँट्न सकिरहेका छैनन् ।

मिडिया कुराकानीमा उनले यो निर्माताले पैसा धेरै दिँदैन भनेर स्क्रिप्ट सुन्न नमान्ने गरेको अनुभव सुनाए । ‘कलाकारहरू यो निर्माताले फिल्म त राम्रो बनाउँछ, तर पैसा नै धेरै दिँदैन भनेर स्क्रिप्ट नै सुन्न मान्दैनन् । यो भोगाई मेरो पनि हो’ उनले भने ।

‘अहिले आएर त जसको पनि कुरा सुन्दा ५० कै भित्रको कुरा आउँछ । यो सुन्दा त मलाई फिल्म बनाउन सक्छु जस्तो लागिरहेको छैन’ उनले भने ।

सबैलाई पैसा महत्वपूर्ण भएको बताउँदै उनले पछिल्लो समय आफूमात्र बाँच्नुपर्छ भन्ने सोच हावी हुन थालेको बताए । ‘फिल्म गरेर मलाई के फाइदा हुन्छ ? यो फिल्मले निर्मातालाई कति फाइदा हुन्छ भनेर कसैले सोचेको जस्तो लागेन । सबैलाई पैसा नै महत्वपूर्ण भएको छ । आफू मात्र बाँच्नुपर्छ भन्ने सोच हाबी भएको छ’ उनले भने ।

उनले नेपालजस्तो बजारमा कलाकारले सेयरमा बसेर काम गर्नुपर्ने बताए । आफू वितरक भएको अनुभव सुनाउँदै उनले धेरै फिल्मले पैसा उठाउन नसकेको बताए ।

‘यो कुरा कलाकारलाई पनि थाहा छ । उसो त कलाकारले डिमाण्ड गर्न पाउँछ । तर, दिने वा नदिने भनेर निर्माताले सोच्नुपर्छ’ उनले भने ।

बक्सअफिसको आँकडा हेर्दा निर्माताको अवस्था दयनीय रहेको उनको भनाइ छ । ‘पहिले निर्मातालाई बचाउनुपर्‍यो । निर्माता बचाउन सकेको खण्डमा मात्र फिल्म क्षेत्र माथि जान्छ । यसैले, प्रतिशतमा काम गर्नुपर्‍यो । फिल्म चलेको खण्डमा पैसा लिने, नत्र नलिने गर्नुपर्‍यो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?