+
+
Shares

भारतले आज रातिदेखि धौलीगंगा बाँधको ढोका खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते १८:५४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।
  • भारतस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका शुक्रबार राति १२ बजेदेखि शनिबार अपराह्न १२ बजेसम्म खोलिने भएकोले जलसतह बढ्ने सम्भावना छ।
  • विभागले बाँध खोल्ने कार्यका कारण महाकाली नदीको जलसतह बढ्ने भन्दै पर्सि आइतबार बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको हो।

२७ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

भारतस्थित धौलीगंगा जलविद्युत् परियोजना बाँधको ढोका शुक्रबार राति १२ बजेदेखि खोलिने भएकोले महकाली नदीको तल्लो तटीय क्षेत्रमा पर्सि आइतबार बिहानसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको हो ।

भारतले जलविद्युत् परियोजनाको सिल्ट सरसफाइ कार्यका लागि आज शुक्रबार राति १२ बजेदेखि भोलि शनिबार अपराह्न १२ बजेसम्म बाँधको ढोका खोल्न लागेको हो ।  जसका कारण महाकाली नदीको जलसतह बढ्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?