
News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रणका लागि साउनदेखि कात्तिकसम्म ४ महिना कुनै पनि निर्माणको काम नगर्न प्रस्ताव गरेका छन्।
- मन्त्री पौडेलले सबै सरकारी कार्यालयलाई लार्भारहित बनाउने अभियानमा लाग्न आह्वान गर्दै डेंगु संक्रमण उच्च हुने टायरहरू व्यवस्थापन गर्न आग्रह गरे।
- उनले डेंगु सचेतना अभियान फैलाउन र हरेक शुक्रबार प्रभावकारी सरसफाइमा लाग्न सबैलाई आग्रह गरे।
३२ असार, काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण गर्न ४ महिना कुनै पनि निर्माणको काम नगर्न प्रस्ताव गरेका छन् ।
बुधबार ‘साउन डेंगु सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सबै सरकारी कार्यालयहरूलाई लार्भारहित बनाउने अभियानमा लाग्न आह्वान पनि गरे ।
‘साउनदेखि कात्तिकसम्म ४ महिना कुनैपनि निर्माणको काम नगरौँ । निर्माणका सामग्री यत्रतत्र फाल्ने काम नगरौँ । कहीँ पनि खाल्डो नखनौँ । यो ४ महिना कतै पनि पानी परेको छ भने त्यो जम्न नदिऔं,’ उनले भने ।
उनले लार्भा उत्पादन हुने आधार क्षेत्रलाई नष्ट गर्न सरसफाई अभियान सुरु गर्न पनि आग्रह गरे ।
डेंगुको संक्रमण उच्च हुने यी ४ फालिएका टायरहरू व्यवस्थापन गर्न आग्रह गरे ।
मन्त्री पौडेलले डेंगुबारे सचेतना अभियान फैलाउनसके डेंगु फैलिनबाट रोक्न सकिने बताए । ‘व्यक्तिमा चेतना फैलाउन जरुरी छ । संयुक्त ढंगबाट मिलेर यो अभियानलाई अघि बढाउनु पर्छ,’ उनले भने ।
मन्त्री पौडेलले डेंगुबाट जोगिन आफू बसेको ठाउँलाई लार्भारहित बनाउन आग्रह गरे । आफूले आफूलाई सुरक्षा गर्नसके मात्रै अरुलाई सहयोग गर्न सकिने उनले बताए ।
साउनदेखि कात्तिकसम्म हरेक शुक्रबार प्रभावकारी रूपमा सरसफाइमा लाग्न उनले सबैलाई आग्रह गरे ।
प्रतिक्रिया 4