+
+
Shares

गठेमंगलमा फलामको औँठी किन्‍न असनमा भिड (तस्वीरहरू)

बुधबार काठमाडौं उपत्यकाका विभिन्न टोल टोलमा बिहानै स्नान गरी घरलाई सफासुग्घर गरी फलामको औँठी लगाएका छन् । यो औठी लगाएपछि भूतप्रेत नलाग्‍ने जनविश्वास नेवारी समुदायमा छ ।  बिहानदेखि काठमाडौंको असन र इन्द्रचोकमा फलामको औंठी किन्‍नेको चहलपहल बढेको छ । 

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ साउन ७ गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन गठेमंगल पर्व मनाउने गरेका छन्।
  • गठेमंगल पर्वमा नेवारहरूले बिहान फलामको औँठी लगाएर भूतप्रेत नलाग्ने विश्वास राख्छन्।
  • साँझमा तीनखुट्टे राक्षस बनाई आगो लगाएर खोला किनारमा पुर्याएर अन्त्येष्टि गर्ने परम्परा छ।

७ साउन, काठमाडौं। काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन गठेमंगल पर्व मनाउने गरेका छन् । गठेमंगललाई घण्टाकर्ण पर्व पनि भनिन्छ । यसलाई भूत भगाउने पर्वको रुपमा पनि चिनिन्छ ।

बुधबार काठमाडौं उपत्यकाका विभिन्न टोल टोलमा बिहानै स्नान गरी घरलाई सफासुग्घर गरी फलामको औँठी लगाएका छन् । यो औठी लगाएपछि भूतप्रेत नलाग्‍ने जनविश्वास नेवारी समुदायमा छ ।  बिहानदेखि काठमाडौंको असन र इन्द्रचोकमा फलामको औंठी किन्‍नेको चहलपहल बढेको छ ।

साथै साँझमा हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा राखिन्छ। साँझ परेपछि टोलका युवाहरू जम्मा भई आँगो बालेर भूत भगाउने गर्छन् । पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याएर उसको अन्त्येष्टि गर्ने परम्परा रहेको छ ।

किंवदन्ती अनुसार प्राचीन समयमा नेपालमण्डलमा गठामंगल नाम गरेको एउटा दानव थियो । त्यसलाई सत्य निष्ठा तथा समाजको हितमा काम गर्ने सर्वसाधारण मानिस मन पर्दैनथ्यो । उसले सत्य वचन सुन्नुपर्ला भनेर सधैं कानमा घण्टी झुन्ड्याएर हिँड्ने गर्थ्यो। त्यसपछि उसलाई घण्टाकर्ण भन्न थालियो ।

त्यसले दोबाटोमा ढुकेर बटुवासँग पैसा उठाउने र मन लागेको खानेकुरा खाने गर्थ्यो । उसको गतिविधिबाट सर्वसाधारण मानिस आतङ्कित थिए। एकदिन घण्टाकर्ण मर्यो, ऊ मरेपछि खुसियाली मनाउने क्रममा यो पर्व मनाउने प्रचलन रही आएको छ ।

हेर्नुस् तस्वीरहरू:

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?