
११ साउन, हुम्ला । आज हुम्लाको मौसम खुलेको छ । राति वर्षा भएर बिहान मौसम खुलेको हो ।
मौसम खुलेपछि यहाँको विमानस्थल र बजारको दृश्य मनमोहक देखिएको छ । खुलेको मौसममा उडेका विमानको दृश्य लोभलाग्दो छ ।
वर्षायाममा पहाडी-हिमाली क्षेत्र मौसम खुल्दा हरियालीले त्यसै सुन्दर देखिन्छन्, त्यसै गरी हुम्लाको विमानस्थल र बजार पनि सुन्दर देखिएका छन् ।
विमानस्थल आसपास मौसम पूर्णरुपमा खुलेको छ । वारिवारिका डाँडामा भने डम्म कुहिरो लागेको छ । यसले बीचको थोरै सम्म ठाउँमा खुलेको विमानस्थललाई झनै सुन्दरता थपिदिएको छ ।
यो मौसममा सिमकोट विमानस्थलमा भारतीय पर्यटक भित्रिने गर्छन् । कैलाश-मानसरोबर दर्शनका लागि भारतीय तीर्थयात्री यहीँ उत्रिएर जाने गर्छन् ।
मौसम सुधार भएकोले बाँकेको नेपालगञ्जबाट सीता, समिट, तारा एयरलाइन्सका विमानहरू सिमकोटमा अवतरण-उडान भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4