+
+
Shares

जसपा नेपालको केन्द्रीय आईटी सेल गठन, प्रमुखमा महेश चौरसिया

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते १९:२४

१२ साउन, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय आईटी सेल गठन भएको छ । आईटी सेलको प्रमुखमा महेश चौरसिया चयन भएका छन् । पार्टीको सूचना, संचार, विज्ञान तथा प्रविधि विभागको सचिवमा पनि चौरसियालाई मनोनीत गरिएको छ ।

सोमबार पार्टी कार्यालय बालकुमारीमा जितेन्द्र यादवको अध्यक्षता र महासचिव लालबाबु राउतको प्रमुख आतिथ्यमा बसेको बैठकले पार्टीको केन्द्रीय आईटी सेलको गठन, त्यसको प्रमुख चयन र सचिवसहित सूचना तथा संचार विभागलाई १८ सदस्यीय बिस्तार गर्ने निर्णय गरेको हो ।

आधुनिक सञ्चार एवं प्रविधिको बढ्दो प्रभाव र प्रयोगलाई मध्यनजर गर्दै पार्टीको विचार र मुद्दालाई मूलधारका सामाजिक सञ्जालहरुको प्रयोग र परिचालनलाई पार्टीको हितका निम्ति प्रभावकारी ढंगले जनतामाझ लैजाने र पार्टीको गतिविधि एवं संरचनालाई आधुनिक आईटी मैत्री बनाउने उद्देश्यले महेश चौरसियाको नेतृत्वमा ३३ सदस्यीय केन्द्रीय आईटी सेल गठन गरिएको विभाग प्रमुख जितेन्द्र यादवले बताए ।

सामाजिक सञ्जालमा सक्रिय रहेका, आईटीको प्राविधिक पक्षमा दख्खल राख्ने, प्रचारप्रसार सामाग्री तयार गर्न सक्ने, फोटो भिडियोको सम्पादन बारे जानकार भएका र समग्रमा चर्चित सामाजिक सञ्जालका प्लेटफर्महरुलाई पार्टीको हितमा प्रयोग गर्न जानेका संगठित सदस्यहरुलाई समेटेर दक्ष आईटी टीम निर्माण गरिएको यादवले बताए ।

विभागको सदस्यहरुमा प्रदीप घतान, मुसाहिद हुसेन, रसना यादव, ईमान राई, मनोज कुमार यादव, अमरेन्द्र यादव, रेणुराज सिंह र अजय वर्मालाई चयन गरिएको छ । त्यस्तै, अभरेन्द्र यादव, विनित यादव, गौतम यादव, ओम यादव (मनिष), प्रभात कुमार सिंह (पिन्टु), श्याम यादव, दिपु कापर र कमलेश यादव पनि विभागको सदस्यमा मनोनित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?