
१४ साउन, काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलेको आमरण अनशनको विषयले संसद्मा प्रवेश पाएको छ ।
बुधबार राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामी सार्कीले मेयर भट्टराईले राखेका स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने लगायतका मागमा सरकार गम्भीर बन्न आवश्यक रहेको बताए ।
सांसद् अछामीका अनुसार मेयर भट्टराईले ७ बुँदे माग राखेका छन् । जसमा जलवायु परिवर्तनलाई असर गर्ने वस्तुहरूको प्रयोगमा रोक लगाउनुपर्ने, बाँस लगायतका कच्चा पदार्थको सदुपयोग गरिनुपर्ने विषय छ । पलास्किटजन्य वस्तुहरूको आयातमा प्रतिबन्ध लगाउनुपर्ने, पहाडमा हुन सक्ने भूक्षय न्युनीकरण गर्न सरकारले विशेष ध्यान दिनुपर्ने माग मेयर भट्टराईको छ ।
‘उहाँको कुरालाई सुनुवाइ गरियोस्,’ सांसद अछामले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4