
१४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी पदाधिकारी बैठकले साउन १६ गते शुक्रबारबाट सुरु हुने स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
‘ठूलो कमिटीको बैठक बस्नुअघि एजेन्डा तय गरिन्छ । सबैभन्दा पहिला पर्सि बस्ने स्थायी कमिटीको बैठकमा पार्टी हेडक्वार्टरको तर्फबाट वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नुहुनेछ,’ सापकोटाले भने ।
त्यस्तै, पोखरामा आएर रोकिएको पार्टीको अभियानलाई निरन्तरता दिने बिषय, पार्टीको आन्तरिक एकता बलियो बनाउने, समाजवादी मोर्चाका बिषय लगाएतमा छलफल गर्ने एजेन्डा तय भएको उनले जानकारी दिए ।
‘त्यसपछि अभियान पोखरामा आएर रोकिएको छ । त्यसलाई निरन्तरता दिनेबारे छलफल हुनेछ । त्यससँगै केन्द्रीय कमिटी बैठकको मिति तय हुनेछ,’ उनले भने ।
संगठन निर्माण, नेताहरुको कार्यविभाजन र अहिलको वर्तमान अवस्थाका साथै समसामयीक प्रस्ताव पारित गरिने सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया 4