+
+
Shares

नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १५ गते ११:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पुनर्बीमा कम्पनीले अर्थमन्त्रालयको स्वीकृति लिएर शत प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।
  • कम्पनीले पूँजी वृद्धि गर्न शत प्रतिशत हकप्रद सेयर जारी गरी आगामी साधारणसभामा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ।
  • पुनर्बीमा कम्पनीहरुले माघ मसान्तसम्म न्यूनतम चुक्ता पूँजी २० अर्ब पुर्‍याउने प्रस्ताव गरेका कारण नेपाल पुनर्बीमा कम्पनीले यो कदम चाल्न लागेको हो।

१५ साउन, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

सञ्चालक समितिको बैठकले अर्थमन्त्रालयको स्वीकृति लिई कायम सेयरधनीलाई शत प्रतिशत हकप्रद सेयर जारी गरी पूँजी वृद्धि गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । साथै सो प्रस्ताव आगामी साधारणसभामा पेश गर्ने निर्णय कम्पनीले गरेको छ ।

आगामी माघ मसान्तसम्म पुनर्बीमा कम्पनीहरुले न्यूनतम चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुर्‍याउनेगरी प्रस्ताव गरेका छन् । त्यसैले नेपाल पुनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । हाल कम्पनीको चुक्ता पूँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ । त्यस्तै बजार मूल्य प्रतिकित्ता १६ सय रुपैयाँ हाराहारीमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?