+
+
Shares

काठमाडौं मोडेल कलेजमा मानव बेचबिखन विरुद्ध कार्यक्रम

यो कार्यक्रमले मानव बेचबिखन जस्तो गम्भीर मानवअधिकार सम्बन्धी समस्यामा जनचेतना फैलाउने र मानव बेचबिखन विरुद्ध अभियानमा साथ दिने उद्देश्य राखेको कलेजले जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १५ गते १५:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं मोडल कलेजका बीए दोस्रो र तेस्रो वर्षका विद्यार्थीले मानव बेचबिखन विरुद्धको विश्व दिवस कार्यक्रम सम्पन्न गरेका छन्।
  • कार्यक्रमको प्रमुख अतिथिमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र सिएनएन हिरो वर्ष–२०१० को मदर टेरेसालाई राखिएको थियो।
  • कार्यक्रममा विद्यार्थीहरूले नाटक, चित्रकला र अनुसन्धानात्मक प्रस्तुति मार्फत मानव बेचबिखनविरुद्ध जनचेतना फैलाउने प्रयास गरेका थिए।

काठमाडौं । काठमाडौं मोडल कलेजका बीए दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले ‘मानव बेचबिखन विरुद्धको विश्व दिवस’ कार्यक्रम सम्पन्न गरेका छन्  ।

कलेजको सेमिनार हलमा नेपालको मदर टेरेसा भनेर चिनिने सिएनएन हिरो वर्ष–२०१०, तथा  माइती नेपालकी  अध्यक्ष अनुराधा कोइरालाको प्रमुख आथित्यतामा ‘मानव बेचबिखनविरुद्धको विश्व दिवस’ कार्यक्रम सम्पन्न गरिएको हो ।

यो कार्यक्रमले मानव बेचबिखन जस्तो गम्भीर मानवअधिकार सम्बन्धी समस्यामा जनचेतना फैलाउने र मानव बेचबिखन विरुद्ध अभियानमा साथ दिने उद्देश्य राखेको कलेजले जनाएको छ।

विश्वव्यापी रूपमा लाखौं मानिस, विशेषतः महिला र बालबालिका बेचबिखनको शिकार बनिरहेका सन्दर्भमा विद्यार्थीले आफ्नो प्रयासबाट कलेज समुदाय र त्यस बाहिर पनि गम्भीर छलफल र कारबाही सुरु होस् भन्ने आशासाथ कार्यक्रम आयोजना गरिएको जानकारी बीए कार्यक्रम प्रमुख एलिसाराज राजोपाध्याले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अथितिका रूपमा मन्तव्य राख्दै उनले हाल राष्ट्रिय, अन्तरदेशीय तथा अन्तर्राष्ट्रिय रूपमा बढ्दै गरेको मानव बेचबिखन विरुद्धमा सबै मिली हातेमालो गर्नुपर्ने कुरामा जोड दिएका थिए । यस्तै उक्त कार्यक्रममा विद्यार्थीले प्रमुख अतिथिसँग अन्तर्क्रिया समेत गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूको नाटक प्रदर्शनले वास्तविक मानव बेचबिखनका घटनालाई जीवन्त रूपमा प्रस्तुत गरेको थियो भने चित्रकला, रेखाचित्र र पोस्टर प्रदर्शनीले कार्यक्रम थप प्रभावकारी बन्न पुगेको कलेजले जनाएको छ ।

विद्यार्थीहरूकै नेतृत्वमा तयार गरिएको अनुसन्धानात्मक प्रस्तुतिले नेपालका सन्दर्भमा मानव बेचबिखनबारे अध्ययन प्रस्तुत गरिएको थियो । विश्वास नेपालकी कार्यकारी निर्देशक मधु गुरुङले मानव वेचबिखनबारे आफ्ना विचार र अनुभव सुनाइन् । मानव बेचबिखन सबैको साझा समस्या भएकाले सबै मिली जनचेतना फैलाउन र बेचबिखनमा परेका सबैको हकहितमा लाग्नुपर्नेमा जोड दिइन् ।

कलेज प्रमुख सुरेन्द्र सुवेदीले प्रमुख अतिथि अनुराधा कोइरालालाई दोसल्ला ओढाइ सम्मान गरेका थिए । साथै, कार्यक्रम सफल तुल्याउन लागिपर्ने सम्पूर्ण विद्यार्थी एवं सम्बन्धित सबैलाई धन्यवाद गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमका लागि कलेजको साथ र समर्थन सदैव रहने जानकारी गराएका थिए ।

काठमाडौं मोडेल कलेजमा विद्यार्थीको सर्वांगीण विकासका लागि यस्ता कार्यक्रम गरिँदै आएको र विद्यार्थीहरूद्वारा नेतृत्व गरिएको यो कार्यक्रम मार्फत कलेजले यो दिवसलाई केवल मनाउने मात्र होइन, अर्थपूर्ण रूपमा आत्मसात गरेको कुरा आन्तरिक गुणस्तर प्रत्यान प्रमुख ध्रुवप्रसाद तिमल्सेनाले बताए ।

विद्यार्थीहरू साझेदार संस्थाहरूसँग समन्वय गर्ने, स्थान सुनिश्चित गर्ने र आवश्यक सामग्री तयारी गर्ने कार्यमा खटिएका छन् । उनीहरूको समर्पणले सामाजिक न्यायका मुद्दामा युवाहरूको बढ्दो चेतनशीलता र संलग्नता झल्काउने कलेजले जनाएको छ ।

संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष जुलाई ३० मा मानव बेचबिखन विरुद्धको विश्व दिवस मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?