+
+
Shares

कालीगण्डकी करिडोर र रिडी–वामी सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते १५:४०
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीगण्डकी गाउँपालिका वडानम्बर–१ स्थित गरगरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
  • सत्यवती गाउँपालिका वडानम्बर–६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि रिडी-वामी सडक खण्ड अवरुद्ध भएको छ।
  • रिडी पुर्तिघाट सम्पर्क टुटेको र करिडोरका विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदै आएको छ।

१८ साउन, गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका वडानम्बर–१ स्थितमा गरगरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

आइतबार दिउँसो करिब १ः३५ बजेदेखि पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले बताए ।

सडक अवरुद्ध हुँदा रिडी पुर्तिघाट सम्पर्क टुटेको छ । करिडोरका विभिन्न ठाउँमा पटकपटक सडक अवरुद्ध हुँदै आएको छ । जसले सवारीसाधन र यात्रुले जोखिम यात्रा गर्नुपर्ने अवस्था रहेको छ ।

त्यसैगरी, सत्यवती गाउँपालिका वडानम्बर–६ स्थित डहरे खोलामा पानीको बहाव एक्कासी बढेपछि रिडी-वामी सडक खण्डसमेत अवरुद्ध भएको छ। खोलामा आएको बाढीको सतह बढेपछि यातायात अवरुद्ध भएको हो ।

यस ठाउँमा पक्की पुल निर्माणकार्य भइरहेको छ । तर सञ्चालनमा नआउँदा समस्या हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?