+
+
Shares

काठमाडौं मोडेल कलेजमा ‘फेस्टा दि काठमाडौं २०२५’ सम्पन्न

कार्यक्रम सुरुवातमा आन्तरिक गुणस्तर प्रत्यन प्रमुख ध्रुवप्रसाद तिमल्सेनाले स्वागत मन्तव्य दिँदै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलता र सहकार्यको भावना विकास गर्न मद्दत गर्ने कुरामा जोड दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते १७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं मोडेल कलेजमा शनिबार बिहान १० देखि साँझ ६ बजेसम्म ‘फेस्टा दि काठमाडौं २०२५’ सांगीतिक, नृत्य र सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
  • कार्यक्रम मिडिया रिच आउट क्लब र सातौं सेमेस्टरका बीबीए, बीबीएम र बीसीए विद्यार्थीहरूको आयोजनामा करिब १ हजार जनाको सहभागितामा सम्पन्न भएको थियो।
  • कार्यक्रमले विद्यार्थीहरूको सिर्जनशीलता र सहकार्य विकासमा मद्दत गरेको र कलेजको समग्र विकास र सांस्कृतिक उत्सवप्रतिको प्रतिबद्धता पुष्टि गरेको छ।

काठमाडौं । काठमाडौं मोडेल कलेजमा ‘फेस्टा दि काठमाडौं २०२५’ संगीत, नृत्य र संस्कृतिको जीवन्त प्रस्तुति सहित सम्पन्न भएको छ ।

यो कार्यक्रम मिडिया रिच आउट क्लब तथा बीबीए, बीबीएम र बीसीए सातौं सेमेस्टरका विद्यार्थीहरूको आयोजना तथा केएमसी एसक्यूसीको संयोजनमा शनिबार बिहान १० देखि साँझ ६ बजेसम्म विविध प्रस्तुतिसाथ सम्पन्न भएको थियो । उक्त कार्यक्रममा करिब १ हजार जनाको सहभागिता थियो ।

कार्यक्रम सुरुवातमा आन्तरिक गुणस्तर प्रत्यन प्रमुख ध्रुवप्रसाद तिमल्सेनाले स्वागत मन्तव्य दिँदै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलता र सहकार्यको भावना विकास गर्न मद्दत गर्ने कुरामा जोड दिए ।

यस्तै उनले कार्यक्रमलाई सफल तुल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने सम्बन्धित सबैमा धन्यवाद दिँदै कार्यक्रममा प्रायोजन गर्ने सम्पूर्णमा आभार प्रकट गरेका थिए ।

कार्यक्रमको टाइटल स्पोन्सरको प्रायोजन इलाइट सीएले गरेको थियो भने इन एसोसिएसन विथमा कोजी गर्ल्स होस्टल थियो । यस्तै कार्यक्रमका अन्य प्रायोजकमा हिरो मोटरसाइकल, अनर, पार्क एभिन्यु, ई–सेवा, एनएमबी बैंक, पावर एक्स साउन्ड्स, क्लासी प्रिन्टिङ प्रेस, एमआईटी, टेक एक्सिस, गुर्जे होम्स, जिरो डिया, पाइकस लगायत कम्पनी थिए ।

दर्शकहरू सबै कम्पनीको स्टल घुम्दै विभिन्न खानाका परिकारमा रमेका थिए । उक्त कार्यक्रममा रक हेड्स नेपाल, पहेलो बत्तीमुनि लगायत ब्यान्डको सांगीतिक प्रस्तुति भएको जानकारी मिडिया रिच आउट क्लबका क्लब प्रमुख तथा बीबीए सातौं सत्रान्तमा अध्ययनरत विद्यार्थी रोबिन्सन भण्डारीले बताए ।

यस्तै उनले कलेजमा अध्ययनरत विभिन्न तहका विद्यार्थीको समेत सांगीतिक प्रस्तुति भएको जानकारी गराए । कार्यक्रम सञ्चालन दिव्या ज्ञवाली, सुवेच्छा अधिकारी र ज्योति खरेलले सञ्चालन गरेका थिए ।

फेस्टा दि काठमाडौं २०२५ ले काठमाडौं मोडेल कलेजका विद्यार्थीहरूको नेतृत्वमा उनीहरूको प्रतिभा र सहकार्यको भावनामा अगाडि बढ्न सहयोग गरेको र कलेजको समग्र विकास र सांस्कृतिक उत्सवप्रतिको प्रतिबद्धता पुष्टि गरेको बीबीए तथा बीबस्एम कार्यक्रम प्रमुख सागर खरेलले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?