+
+
Shares

नाइमा मोबिलिटी एक्स्पो २०२५ मा विशेष अफरसहित ‘प्रोटोन ईमास–७’ को प्रदर्शन

नाइमा मोबिलिटी एक्स्पोमा विशेष रूपमा घोषणा गरिएका अफरमा जगदम्बा फाइनान्सिङ मार्फत ४ वर्षका लागि शून्य प्रतिशत ब्याजदर जसअन्तर्गत ६० मिनेटभित्र ऋण स्वीकृत गरिएको कम्पनीले जानकारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २१ गते १८:३४

काठमाडौं । प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा नयाँ प्रविधियुक्त ‘प्रोटोन ईमास–७’ मा विशेष अफर घोषणा गरेको छ । कम्पनीले देशभरि आफ्नो सेवा सञ्जाल विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको हो ।

जगदम्बा मोटर्सले सन् २०१८ नोभेम्बरदेखि नेपालमा प्रोटोन गाडीहरूको आधिकारिक वितरकको रूपमा कार्य गर्दै आएको छ ।

सन् २०२५ सकिँदासम्म देशभरि १२ वटा शोरुम र सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना कम्पनीको छ । जसमध्ये हाल ३ वटा शोरुमबाट ग्राहक सेवा प्रदान भइरहेको छ ।

प्रोटोनले शंकर ग्रुपमार्फत व्यापक ईभी इकोसिस्टम निर्माण गर्न प्रामाणिक स्पेयर पार्ट्स, आधुनिक डाइग्नोस्टिक उपकरणहरू, प्रोटोन र गिलीद्वारा प्रमाणित पूर्णरूपमा तालिमप्राप्त प्राविधिकहरूको सेवा उपलब्ध गराउने गरेको छ ।

त्यस्तै सरल र सहज वारेन्टी दाबी प्रक्रिया, चार्जिङ स्टेसन यी व्यवस्था ग्राहकका सबै आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्ने र सेवा प्रदानमा उच्चतम स्तर कायम राख्ने उद्देश्यले तयार गरिएको कम्पनीको भनाइ छ ।

नाइमा मोबिलिटी एक्स्पोमा विशेष रूपमा घोषणा गरिएका अफरमा जगदम्बा फाइनान्सिङ मार्फत ४ वर्षका लागि शून्य प्रतिशत ब्याजदर जसअन्तर्गत ६० मिनेटभित्र ऋण स्वीकृत गरिएको कम्पनीले जानकारी दिएको छ ।

ब्याट्रीमा ८ वर्षको अनलिमिटेड माइलेज वारेन्टी, २ लाख ९९ हजारको सिधा नगद छुट साथै थप सुविधा, एक्स्चेन्ज उत्कृष्ट मूल्यांकन, पुरानो गाडीको उच्चतम मूल्य सुनिश्चित पाइने व्यवस्था गरेको छ ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘प्रोटोन ईमास ७ को आगमन र हाम्रो सेवा सञ्जालको विस्तारसँगै हामी प्रत्येक नेपाली ग्राहकका लागि विद्युतीय सवारीलाई अझ पहुँचयोग्य, भरपर्दो र आकर्षक बनाउन प्रतिबद्ध छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?