१४ भदौ, रसुवा । गतबुधबार भोटेकोशीमा आएको बाढी कारण रसुवा जोड्ने मुख्य सडक बगाउँदा अहिले रसुवा सदरमुकाम पुग्न निकै कठिन भएको छ ।
काठमाडौंबाट टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क–बोगटीटार–कालिकास्थान हुँदै धुन्चे पुग्ने वैकल्पिक बाटो खोलिएको छ । बाढीले मितेरीपुल यता रसुवाभित्र मात्र १३ वटा पुल पूर्ण रुपमा बगाएको छ । नुवाकोट र रसुवाको सिमानाका दुई पुल समेत बगेसँगै यो जिल्ला सडक सञ्जालबाट विच्छेद भएको थियो ।

रसुवा सदरमुकाम धुन्चेलाई यातायात सञ्जालसँग जोड्ने एक मात्रै माध्यम पुङ खोलाको पुल बनेको छ । यो पुल नैकुण्ड गाउँपालिकामा पर्छ ।
एक लेनको कच्ची सडक भएकाले यात्रा गर्न निकै अप्ठ्यारो छ । अहिले यो बाटो हुँदै धेरै साना गाडीहरू धुञ्चेतर्फ लागिरहेको देखिन्छ । सडकमा सवारीको चाप देखिन्छ ।
मालबाहक सवारी तथा अन्य साना गाडीहरू पनि यही सडक हुँदै धुन्चेतर्फ हिँडिरहेका छन् ।

प्रतिक्रिया 4