मेरिल्यान्ड (अमेरिका) । नेपालमा भोटेकोशी बाढीपछि अहिले प्रभावितको राहत तथा उद्वारमा सहयोग प्राप्त हुने क्रम जारी छ । देश तथा विदेशबाट प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा सहयोग जुटिरहेको छ ।
यस्तो असहज परिस्थितीमा, विदेशमा रहेका नेपालीले पनि मातृभूमिप्रतिको माया, सद्भाव र मानवीय एकताको उदाहरण प्रस्तुत गर्दै सहयोगका हात अगाडि बढाइरहेका छन् ।
यहाँको स्प्यारोज पोइन्टमा रहेको अमेजनमा डिसीए–१ मा कार्यरत केही नेपाली चेलिबेटीले यसवर्ष आयोजना गर्ने भनिएको तीज विशेष सांस्कृतिक कार्यक्रम स्थगित गरी कार्यक्रमका लागि छुट्याइएको रकम राहत सहयोगमा समर्पित गरेका छन् ।
कार्यक्रमको मनोरञ्जन र उत्सवमा खर्च हुने २४०२ अमेरिकी डलर प्रधानमन्त्री कोषमा जम्मा गरिएको छ ।
सहयोग अभियानमा निशाना कुमाल, शिला बानियाँ, माया क्षेत्री, रेणुका त्रिपाठी, शोभा क्षेत्री, नमुना केसी, एलिना तामाङ, सुमी गुरुङ, गीता लामिछाने, सवनम गौतम, सुमित्रा मरासिनी, रन्जु पौडेल, तारा गुरुङ, कृष्णा श्रेष्ठ, उषा केसी, शिला पहारी, कल्पना सुवेदी, सरिता श्रेष्ठले योगदान गरेका छन् ।
साथै, नमुना पौडेल, मुना भण्डारी, दीपा बानियाँ, बिन्दु पौडेल, कुसुम केसी, सविना आचार्य, रोजिना लामिछाने, लक्ष्मी विष्ट, मीना क्षेत्री, सरस्वती उपाध्याय, धनलक्ष्मी शर्मा, मुना पौडेल, शीतल बर्देवा, ज्योति बराल, वृक्षा थापा, मञ्जु थेवे, बबिता भुसाल, दुर्गा अधिकारी, सिर्जना श्रेष्ठ, सुलोचना त्रिपाठी, सीता विक, सङ्गीता सुवेदी, सोनी खनालले पनि अभियानमा छन् ।
साथै, ज्योति खड्का, शोभा थापा, सुशीला शर्मा, राधिका हमाल, मुना ढकाल, सुनिता देवकोटा, नविना श्रेष्ठ, निरा राई, मिना ओली, सुस्मिता क्षेत्री, वसन्त रिजाल, प्रतिक्षा, नविना श्रेष्ठ, कविता सापकोटा र सीता खातीले भोटेकोशी बाढीको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति समवेदना व्यक्त गरेका छन् ।
घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा सम्पर्कविहिन नागरिकको सकुशल उद्वार र परिवारमा शीघ्र पुनर्मिलनको कामना गरिएको छ ।
प्रतिक्रिया 4