+
+
Shares

त्रिवि शिक्षण अस्पतालले भन्यो– अब १० वटा मात्रै शव अट्छ, विकल्प सोचौं

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते १५:२८
फाइल तस्वीर

१४ भदौ, काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको शव धमाधम फेला पर्न थालेका छन् ।

यसैबीच काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको शवगृह करिब भरिएको छ । त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विज्ञ डा. गोपाल चौधरीका अनुसार, अहिलेसम्म रसुवा बाढीका ६० वटा शव ल्याइएका छन् ।

जसमध्ये ८ वटाको पहिचान भइसकेको छ भने २८ वटाको पोस्टमार्टम भइरहेको छ । अब बढीमा १० वटा शव अट्न सक्ने डा. चौधरीले जानकारी दिए ।

‘हाम्रो क्षमता १५० हो । ८० वटा पहिलादेखि नै थियो । पहिचान खुल्न नसकेका शवहरू थिए,’ उनले भने, ‘हामीले अब राख्नसक्ने ७० वटा हो ।’

अब १० वटा बढी शवहरू आएको खण्डमा यहाँको क्षमता भरिने उनले जानकारी गराए ।

डा. चौधरीले अस्थायी शव भण्डारणको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई सुझाव दिएका छन् ।

‘अस्थायी शव भण्डारणका लागि प्रक्रिया गरेर ठाउँ पहिचान गर्नुपर्छ । त्यसका लागि सरकारी तहबाट काम हुनुपर्ने देखिन्छ,’ उनले भने ।

बाढीमा ज्यान गुमाएर ल्याइएका शवहरू अधिकांश कुहिएको र क्षतविक्षत भएको अवस्थामा आइपुगेको पनि उनले बताए ।

त्यस्ता शवहरूलाई फ्रिज गरेर राख्दा पनि पहिचानमा समस्या नै हुने उनले बताए ।

‘शवलाई राखेर पनि काम छैन । त्यसका लागि उपयुक्त उपाय भनेकै गाड्नु हो । कुहिएको शवलाई फ्रिजमा राखेर पनि काम छैन,’ उनले भने, ‘अहिले आएका शव क्षतविक्षत छन् । प्राय: चिन्नका लागि सकिने शव छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?