१४ भदौ, नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवा बाढीपछि सुरुङमा फसेकाहरूको उद्धारमा विदेशी सहायता आवश्यक परेपछि सहयोग मागेको बताएका छन् । त्यहाँ स्वदेशी जनशक्तिले मात्रै सम्भव नभएपछि चिनियाँ र भारतीय विशेषज्ञ बोलाइएको मन्त्री खनालले बताएका हुन् ।
‘आवश्यक परेमा अन्य मुलुकबाट पनि सहयोग लिन सकिन्छ’, आइतबार बाढी प्रभावित क्षेत्र पुगेका मन्त्री खनालले भने ।
उनले विदेशी मित्र राष्ट्रहरूबाट सहयोगको प्रतिबद्धता आइरहेको पनि बताए । उनले भने, ‘हामीलाई विश्वसमुदायबाट सहयोगको प्रतिबद्धता आइरहेका छन् । आवश्यकताअनुसार सहयोग लिन्छौँ ।’ -रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4