+
+
Shares

केरुङमा रोकिएका नेपालीलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउँछौं : परराष्ट्रमन्त्री खनाल

रासस रासस
२०८३ भदौ १४ गते १५:१८

१४ भदौ, नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताएका छन् ।

बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आइतबार नुवाकोटको विदुर नगरपालिका–१, ढुङ्गे आइपगेका मन्त्री खनालले यस्तो बताएका हुन् ।

‘प्रारम्भिक जानकारी अनुसार केरुङमा एक हजार जना नेपाली हुनुहुन्छ भन्ने सूचना छ,’ उनले भने, ‘उहाँहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउँछौँ ।’

सिन्धुपाल्चोकस्थित तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोरला नाका प्रयोगमा ल्याउन चिनियाँ पक्षसँग अनुरोध गरिसकेको उनले जानकारी दिए ।

मन्त्री खनालले जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारमा विदेशी सहायता आवश्यक देखिएपछि चिनियाँ र भारतीय विशेषज्ञलाई बोलाइएको स्पष्ट पारे ।

‘आवश्यक परेमा अन्य मुलुकबाट पनि सहयोग लिन सकिन्छ’, मन्त्री खनालले भने, ‘हामीलाई विश्वसमुदायबाट सहयोगको प्रतिबद्धता आइरहेका छन् । आवश्यकताअनुसार सहयोग लिन्छौँ ।’

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?