+
+
Shares

रविको कारागार स्थानान्तरण नहुनु दु:खद मात्रै होइन, नबुझिँदो छ : कांग्रेस सांसद केसी

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते १५:१७

२७ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको कारागार स्थानान्तरणबारे चासो राखेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले लामिछानेको कारागार स्थानान्तरण नहुनु दु:खद मात्रै नभएर नबुझिँदो विषय भएको बताए ।

‘कसैप्रति पनि कानुनी प्रक्रियाले हुने निर्णय आफ्नो ठाउँमा छ । तर, राष्ट्रिय पार्टीको सभापति र पूर्वमन्त्री समेत भएको व्यक्ति अदालतद्धारा कारागार स्थानान्तरणको आदेश दिँदा दिँदै पनि कारागार स्थानान्तरण नहुनु दु:खद मात्रै होइन, नबुझिदो कुरा भएको छ,’ उनले भने ।

लामिछाने हाल रुपन्देही जिल्ला कारागारमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?