
News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२५ का मिस नेपालका ४ विधामा विजेताहरू गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार घोषणा गरिएका छन्।
- लुना लुइँटेललाई मिस नेपाल वर्ल्ड २०२५ घोषित गरिएको छ भने दीपशिखा नेपालले नयाँ विधा मिस कस्मो जितिन्।
- उरुषा भण्डारीले मिस इन्टरनेसनल र सोनी घलेले मिस नेपाल अर्थ २०२५ को उपाधि जितेका छन्।
काठमाडौं । ४ विधामा सन् २०२५ का ‘मिस नेपाल’का विजेताहरू घोषणा गरिएको छ । द हिडन ट्रेजरद्वारा गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार आयोजित फिनालेमा मिस नेपाल घोषणा गरियो ।
यी ४ विजेताले जेन-जी पुस्तालाई समेट्छन् । उपाधिका लागि २६ जना फाइनलिस्टले प्रतिस्पर्धा गरेका थिए । लुना लुइँटेल ‘मिस नेपाल वर्ल्ड’ २०२५ घोषित भइन् ।
नयाँ विधा ‘मिस कस्मो’को उपाधि दीपशिखा नेपालले जितिन् । उरुषा भण्डारीले ‘मिस इन्टरनेसनल’को उपाधि जित्दा सोनी घले ‘मिस नेपाल अर्थ २०२५’ घोषित भइन् ।
तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4