+
+
Shares

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ७ पुग्यो

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १५:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ७ पुगेको छ।
  • प्रदर्शनकारीहरुले संसद भवनभित्र प्रवेश गरी प्रहरी पोष्ट कब्जा गरेका थिए।
  • काठमाडौंमा कर्फ्यु जारी गरिएको छ र सेनाको टोली सडकमा परिचालन गरिएको छ।

२२ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ७ पुगेको छ । ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु भएको छ । सिभिल अस्पताल र केएमसी अस्पतालमा एक/एक जना तथा त्रिवि शिक्षण अस्तपतालमा एकजनाको मृत्यु भएको छ ।

सामाजिक सञ्जालमाथि नेपाल सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनमा उत्रिएका युवाहरुमाथि प्रहरीले गोली चलाएको थियो । स्वतःस्फूर्त सडकमा उत्रिएका प्रदर्शनकारीहरु प्रहरीको घेरा तोड्दै संसद भवनभित्रै प्रवेश गरेका थिए । उनीहरुले संसद भवनको सुरक्षामा खटिएको प्रहरी पोष्ट कब्जा गरेका थिए ।

स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्याँस र पानीको फोहोरा पनि प्रहार गरेको थियो ।

स्थिति तनावग्रस्त भएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा कर्फ्यु जारी गरेको छ । कर्फ्यु जारी भएपछि सेनाको टोली सडकमा आएको छ । तर पनि प्रदर्शनकारी रोकिएका छैनन् ।

नयाँबानेश्वर क्षेत्र अहिलेसम्म पनि तनावग्रस्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?