+
+
Shares

यसरी जल्यो संसद भवन (तस्वीरहरु)

नेपालमा भएका राजनीतिक आन्दोलनमा संसद भवनभित्रै आक्रमण, तोडफोड र आगजनी भएको यो पहिलोपटक हो ।

शंकर गिरी शंकर गिरी
२०८२ भदौ २४ गते १६:०९

२४ भदौ, काठमाडौं । प्रदर्शनकारीले काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवनमा आगजनी गरेका छन् । जेनजी प्रदर्शनमा प्रहरी दमन हुँदा आक्रोशित समूहले संसद भवन भित्र प्रवेश गरी आगो लगाइदिएको हो ।

आगलागीबाट संसद भवनभित्रका सभा हल, दलका कार्यालय सबै नष्ट भएका छन् ।

नेपालको राष्ट्रिय झण्डा फहराउँदै संसद भवनभित्र युवाहरुको समूह प्रवेश गरेपछि प्रहरीहरु सुरक्षा छाडेर भागेका थिए ।

त्यसक्रममा केही प्रदर्शनकारीले त्यहाँ खटिएका सुरक्षाकर्मीको बन्दुक खोसेर खुसीयाली मनाएका थिए ।

नेपालमा भएका राजनीतिक आन्दोलनमा संसद भवनभित्रै आक्रमण, तोडफोड र आगजनी भएको यो पहिलोपटक हो ।

सरकारले गरेको सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारको विरुद्ध जेनजी युवाहरु हिजो सडकमा ओर्लिएर प्रदर्शन गरेका थिए । त्यसक्रममा केही युवा संसद भवनको पर्खाल भत्काउँदै भित्र प्रवेश गरेका थिए । त्यसपछि प्रहरी गोली चलाउँदा १७ जना मारिएका थिए ।

आज बिहानैदेखि संसद भवनभित्र र बाहिर सेनासहितका सुरक्षाकर्मी खटाइएको थियो । तर उग्र प्रदर्शनकारीको अगाडि सुरक्षाकर्मी निरीह बन्दै पछि हटेका थिए । त्यसपछि उनीहरुले संसद भवनमा आगजनी र तोडफोड गरेका हुन् ।

प्रदर्शनकारीले आज नै नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतमा पनि आगजनी गरेका छन् ।

प्रदर्शनकारीले संसद भवनभित्रका सवारी साधनसमेत जलाएका छन् । केही युवा संसद भवनको छानोको टुप्पोसम्मै पुगेर राष्ट्रिय झण्डा फहराएका थिए ।

 

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?