+
+
Shares

सिंहदरबारमा दन्कियो आगो (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १७:१०

२४ भदौ, काठमाडौं । प्रदर्शनकारीले सिंहदरबारको मुख्य भवनमा समेत आगजनी गरेका छन् । अहिले सिंहदरबारको कोठाकोठामा आगो दन्किरहेको छ ।

सिंहदरबार राणाकालीन ऐतिहासिक सम्पदा हो । यो मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायत छन् ।

सिंहदरबारका चारवटै गेटमा सुरक्षाकर्मी थिएनन् । त्यसैले प्रदर्शनकारीहरु सजिलै सिंहदरबार प्रवेश गरेका थिए ।

नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अहिले पूर्णरुपमा प्रदर्शनकारीको कब्जामा छ ।

सिंहदरबारको पश्चिमतर्फ रहेको मूल गेटमा चढेर प्रदर्शनकारीले राष्ट्रिय झण्डा फहराएका छन् ।

सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा ईस्वी संवत् १९०३ मा बनाउन लगाएका थिए । त्यतिबेला १ हजार ७०० वटा कोठाहरू रहेको यो भवन त्यस बेलाको एसियाभरिकै सबैभन्दा ठूलो दरबार थियो ।

तस्वीरहरू : दिनेश गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?