+
+
Shares

नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई भारतको सुझाव  

नेपालको विकसित घटना क्रमलाई ध्यानमा राखेर भारतले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १८:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतले नेपालमा जारी विरोध प्रदर्शनलाई ध्यानमा राख्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको छ।
  • विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भारतीय नागरिकलाई निवासबाट बाहिर ननिस्कन र सावधानी अपनाउन आग्रह गरेका छन्।
  • काठमाडौंस्थित भारतीय दूतावासले सुरक्षा निर्देशिका पालना गर्न र आवश्यक परेमा सम्पर्क गर्न अनुरोध गरेको छ।

काठमाडौं । नेपालको विकसित घटना क्रमलाई ध्यानमा राखेर भारतले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यस्तो आग्रह गरेका हुन् ।

नेपालमा जेनजीले गरिरहेको विरोध प्रदर्शनलाई ध्यानमा राख्दै भारतले यस्तो आग्रह गरेको हो ।

भारतले नेपालमा रहेका आफ्ना नागरिकलाई आफू बसेको निवासबाट बाहिर ननिस्कन सुझाव दिएको छ ।

बाहिर निस्कनै परेमा जोगिएर हिँड्न र  सावधानीका उपायहरू अवलम्बन गर्न समेत भनेको छ ।

नेपालको स्थानीय प्रशासनले जारी गरेको सुरक्षा निर्देशिका र काठमाडौंस्थित भारतीय दूतावासको निर्देशिका पालना गर्न पनि भनेको छ।

कुनै पनि आवश्यकता परेमा भारतीय नागरिकहरूले तल दिइएका नम्बरहरूमा काठमाडौंस्थित भारतीय दूतावासलाई सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?