+
+
Shares

रातभरि जलिरहेको सिंहदरबार (तस्वीर/भिडियो)

प्रदर्शनकारी आज दिउँसो सिंहदरबार प्रवेश गरी आगो लगाएका थिए । अहिले आगो दनदन दन्किरहेको छ । सिंहदरबारको छानोसम्मै आगो फैलिएको छ ।

कमल प्रसाईं कमल प्रसाईं
२०८२ भदौ २४ गते १९:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रदर्शनकारीले सिंहदरबार प्रवेश गरी आगो लगाएका छन् र अहिले पनि आगो निभाउने प्रयास भएको छैन।
  • सिंहदरबारको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितका महत्वपूर्ण कागजपत्रहरु जलेका छन्।
  • सिंहदरबार राणाकालीन ऐतिहासिक सम्पदा हो जुन ईस्वी संवत् १९०३ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले बनाएका थिए।

२४ भदौ, काठमाडौं । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका भवनहरु अहिले पनि जलिरहेका छन् । आगो निभाउने प्रयाससमेत भएको छैन ।

प्रदर्शनकारी आज दिउँसो सिंहदरबार प्रवेश गरी आगो लगाएका थिए । अहिले आगो दनदन दन्किरहेको छ । सिंहदरबारको छानोसम्मै आगो फैलिएको छ ।

सिंहदरबारको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहितका मुख्य–मुख्य कार्यालय र विभागहरु थिए । त्यहाँका फर्निचरसहित महत्वपूर्ण कागजपत्रहरु जलेका छन् ।

सिंहदरबार क्षेत्र क्षेत्रभित्रको गृह मन्त्रालयमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् ।

विगतमा सिंहदरबारका चारवटै गेटमा सुरक्षाकर्मीको कडा तैनाथी हुने गरे पनि आज खासै सुरक्षाकर्मीहरु थिएनन् । थोरै संख्याका सुरक्षाकर्मीहरुले पनि प्रदर्शनकारीलाई रोकेनन् । युवाहरुको हुल सजिलै सिंहदरबार प्रवेश गरेको थियो । त्यसपछि युवाहरुले आगो जलाएका थिए ।

केही युवाहरुले सिंहदरबारभित्रबाट टिभी, फर्निचर, कम्प्युटरको मोनिटर लगायत बोकेर बाहिर निस्किएको देखिएको थियो ।

नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अहिले पूर्णरुपमा आगोमा जलेको छ ।

सिंहदरबार राणाकालीन ऐतिहासिक सम्पदा हो । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा ईस्वी संवत् १९०३ मा बनाउन लगाएका थिए । त्यतिबेला १ हजार ७०० वटा कोठाहरू रहेको यो भवन त्यस बेलाको एसियाभरिकै सबैभन्दा ठूलो दरबार थियो ।

हेर्नुहोस् जलिरहेको सिंहदरबार :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?