+
+
Shares

१० ग्राफमा एक महिनाको अर्थतन्त्र

साउन महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा ०.१ प्रतिशतले नकारात्मक भए पनि अन्य सबै सूचक उत्साहजनक छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते १७:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्षको पहिलो महिनामा साउनमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा ०.१ प्रतिशतले घटेको छ।
  • साउनमा रेमिट्यान्स करिब ३० प्रतिशतले वृद्धि भएको र विदेशी विनिमय सञ्चिति, शोधनान्तर स्थिति, निर्यातमा सुधार आएको छ।
  • नेपाल राष्ट्र बैंकले साउन महिनाको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै कर्जाको माग नबढेको तर ब्याजदर घट्दो क्रममा रहेको उल्लेख गरेको छ।

३१ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा ०.१ प्रतिशतले नकारात्मक भए पनि अन्य सबै सूचक उत्साहजनक छन् ।

सो अवधिमा रेमिट्यान्स करिब ३० प्रतिशतले बढेको छ भने विदेशी विनिमय सञ्चिति, शोधनान्तर स्थिति, निर्यात लगायत सबै सूचकहरुमा उल्लेख्य सुधार आएको देखिन्छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।

साथै वित्तीय क्षेत्रमा कर्जाको माग नबढेको भए पनि ब्याजदर भने निरन्तर घट्दो क्रममा नै देखिएको छ ।

साउनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.०२ प्रतिशत र कर्जाको भारित औसत व्याजदर ७.७६ प्रतिशत रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?